×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्यो फुडमाण्डुको आशिंक सेयर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्यो फुडमाण्डुको आशिंक सेयर

Artha Sarokar

१६ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स प्रा. लि. उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलक क्षेत्रहरूमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनि हो । फुडमाण्डु प्रा.लि. मा टिम भेन्चर्स प्रा.लि. ले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको दावी गरेको छ ।

सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु विक्रि÷वितरण गर्ने कम्पनीको रूपमा कार्य गर्दै आएको छ । यस कम्पनीले ट्रु नर्थ एसोसिएट्स बाट सन् २०१७ मा सिरिज ए फन्डिङ्ग अन्तर्गत लगानी प्राप्त गरेको थियो । त्यसै गरी टिम भेन्चर्स बाट सन् २०२० मा सिरिज बि फन्डिङ्ग अन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमाण्डुले सन् २०२३ मा सिरिज सि फन्डिङ्ग अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड आइआइ मार्फत झण्डै ४ मिलियन अमेरिकी डलर बराबरको लगानी प्राप्त गर्न सफल भएको थियो ।

हिमालयन क्यापिटल लिमिटेड, हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनिको रुपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैंक हो । हिमालयन क्यापिटले वित्तिय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी