काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार काउली प्रतिकेजी १० रुपैयाँले घटेर ५० रुपैयाँ तोकिएको छ । लोकल घिउसिमी ५० र तितो करेला ४० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ । हरियो फर्सी ७०, रातो मूला ४०, मकै बोडी ७०, फर्सी पाकेको ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहको छ ।
नेपाली ठूलो गोलभेँडा बिहीबारको तुलनामा २० रुपैयाँले घटेर प्रतिकेजी १४० रुपैयाँमा, लोकल सानो गोलभेँडा ६० रुपैयाँ, रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय ५४ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँ, भन्टा लाम्चो ३५, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । लौका ५०, परवल ४०, घिरौला ३०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।
समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० रुपैयाँ रहेको छ । कागती १३०, अनार ३००, आँप मालदह २००, तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्