काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।
सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वर्ल्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए ।
उनका अनुसार वर्ल्डलिंकले सस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ । त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० (Youth Entrepreneurship Vision 2023) का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमुलक हुने बताए । उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्