Skip to content
LAXMI SUNRISE BANK

बुद्धभुमि नेपाल हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन सम्बन्धी कार्य गर्न एनआइसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौता पत्रमा बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको संचालकहरुको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार क्यापिटलले बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद सेयर निष्काशन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद सेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा ‘हकप्रद सेयर निष्काशन सम्बन्धी विवरण-पत्र’ स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद सेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गरिदिने भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘IDEA TO IPO’ सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गरिदिने तथा हकप्रद सेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ । उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ दामोदर रायमाझीलाई मोवाइल नं.९८५११८४९७९ मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK