×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलिया पठाउने भन्दै १७ लाख ठगी, नक्कली ‘भिसा’ थमाएर एयरपोर्ट पठाउने कन्सलटेन्सी सञ्चालक पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अष्ट्रेलिया पठाउने भन्दै १७ लाख ठगी, नक्कली ‘भिसा’ थमाएर एयरपोर्ट पठाउने कन्सलटेन्सी सञ्चालक पक्राउ

Artha Sarokar

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अष्ट्रेलिया पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । सोझा नेपालीलाई फकाइफुल्याई गरी ‘वर्किङ भिसा’मा अष्ट्रेलिया पठाउने भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने काठमाडौंको शंखमूलस्थित फल्याइङ ट्याप एजुकेशन एण्ड इमिग्रेसन कन्सलटेन्टका सञ्चालक ४५ वर्षीय विष्णु केसी पक्राउ परेका हुन् ।

केसीले अर्घाखाँची घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएका पवनराज दाहाललाई अष्ट्रेलिया पठाउने भन्दै रकम ठगी गरेका थिए । उनले ‘वर्किङ भिसा’मा अष्ट्रेलिया पठाउने भन्दै दाहालबाट १७ लाख ७९ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

यसो त पक्राउ परेका केसीले सुरुमा मासिक २ लाख भन्दा बढी कमाई हुने कम्पनीमा पठाउने भन्दै दाहालसँग १६ लाख रुपैयाँ मागेका थिए । तर, दाहालले भने पटकपटक गरी केसीलाई १७ लाख बढी रकम बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार केसीले दाहाललाई अष्ट्रेलियामा जाने भन्दै भिसासमेत दिएका थिए । तर, उक्त भिसा नक्कली भएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फिर्ता पठाएपछि उनले आफू ठगीमा परेको थाहा पाएका थिए । त्यसपछि उनले प्रहरीमा आफू ठगिएको भन्दै उजुरी दिएका हुन् । सोही उजुरीका आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो । हाल पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी