×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका-१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका-३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका-१२ घर भई हाल काठमाडौँ महानगरपालिका-४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ पक्राउ परेका हुन् ।

बिर बहादुर गुरुङले राज भक्त रानाभाटलाई फ्रान्स पठाईदिने भन्दै १४ लाख ठगी गरेका थिए भने चित्र बहादुर मगरले निशान खड्कालाई टर्की पठाईदिने भन्दै २ लाख ५० हजार ठगी गरी सम्पर्क विहिन भएका थिए । त्यस्तै, राज कुमार लामिछानेले बलराम थापा मगर सहित ३ जनालाई सर्बिया पठाईदिने र सर्बिया पुगेपछि चकलेट प्यकिङ्गमा काम लगाईदिन्छु मासिक १ लाख ५० हजार तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारेर पिडितहरुबाट १७ लाख ठगी गरेका थिए ।

ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी