×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा आकर्षक पुरस्कार जित्न सकिने

PRIME CA
GLOBAL IME BANK

इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा आकर्षक पुरस्कार जित्न सकिने

२५ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको हो ।

भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्नेछन् । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिने जनाईएको छ । उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिंक गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।

दैनिक पुरस्कारहरू

दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुने जनाईएको छ ।

साप्ताहिक पुरस्कारहरू

साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ । साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् । उपहार ह्याम्परहरू सङ्कलन गर्न, विजेताहरूले आफ्नो प्यान कार्ड विवरणहरू बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ ।

नेपालको प्रचलित कानुन अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५ प्रतिशत रकमको विन्ड फल गेन कर लगाइनेछ ।

मासिक पुरस्कारहरू

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: