काठमार्डौ । ईसेवाले आफ्ना ग्राहकहरुका लागि आकर्षक उपहारहरू जित्ने अफर लिएर आएको छ । यस अफरमार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्ने भएका छन् । यो अफर ३ महिनासम्म ( भाद्र १५ देखि मङ्सिर १४) सम्म चल्नेछ । यस अफरमार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआरमार्फत भुक्तानी लिएको हुनुपर्नेछ ।
व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु १०० वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआरमार्फत प्राप्त गर्दा रु १० देखि रु ५००सम्मको टप-अप प्राप्त गर्न सक्नेछन् । साथमा, हरेकहप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन्। यस अफर र यसका शर्तहरूबारे विस्तृतमा जान्नका लागि इसेवाको आधिकारिक ब्लगमा जानुपर्नेछ ।
ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोगगरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छा अनुसार ईसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन् । साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झटबिना सजिलै कारोबार गर्न सक्नेछन् । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइ.ओ.एस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
यसैगरी, देशभर रहेका दुई लाख भन्दा बढि एजेन्टमार्फत सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सयवटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्