Skip to content
LAXMI SUNRISE BANK

गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना

अर्थ सरोकार

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको छ । क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी उक्त प्रतियोगिता आयोजना गरेको हो ।

सेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुने क्यापिटलले जनाएको छ।

१. इच्छुक सम्पूर्ण ग्राहकहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

२. सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको ‘Mentions’ मा पोष्ट गर्नुपर्नेछ ।

३. फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः

#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited

४. सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी नगद उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ । प्रथम हुनेलाई ३ हजार रुपैयाँ, द्वितीय हुनेलाई २ हजार रुपैयाँ, तृतीय हुनेलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

उक्त प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने कुरामा बैंक विश्वस्त छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK