काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार १ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।