×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईक्यापिटल प्रालिको स्थापनाको १०औँ वर्ष पूरा, ‘भ्याल्यू इन्भेष्टिङ’को सिद्धान्तमा प्रतिबद्ध

PRIME CA
GLOBAL IME BANK

आईक्यापिटल प्रालिको स्थापनाको १०औँ वर्ष पूरा, ‘भ्याल्यू इन्भेष्टिङ’को सिद्धान्तमा प्रतिबद्ध

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आईक्यापिटल प्रालिले स्थापनाको १०औँ वर्ष पुरा गरेको छ । आईक्यापिटलको स्थापना व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्ण रुपमा ‘भ्याल्यू इन्भेष्टिङ’को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्यले सन् २०१३ मा खोलीएको हो ।

उक्त कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी मुख्य ३ सम्पति वर्गहरुमा केन्द्रित रहेको छ । आईक्यापिटलको स्थापना यता १० वर्षको अवधिमा यस कम्पनीले २४ वटा कम्पनीमा लगानी गरेको छ । साथै, कम्पनी व्यवस्थापनमा २ अर्ब २५ करोड रुपैयाँको सम्पति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६ % रहेको छ ।

त्यस्तै, विगतका वर्षहरुमा जस्तै आईक्यापिटलले आफ्नो १०औं वार्षिकोत्सव परोपकारी काम गरेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आईक्यापिटल फाउण्डेसन मार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीहरुलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।

साथै, सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुकालागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग प्रदानगर्दै आएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: