काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यस सम्झौताले लगानीकर्ताहरुलाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिंग अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरेका हुन् ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्