Skip to content
LAXMI SUNRISE BANK

ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न, १०.५२६३ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा भाद्र २१ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित २ करोड २१ लाख ५ हजार २ सय ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले रु.६३.५९ लाखको आयकर तथा रु.३.७२ लाख बराबर अन्य कर गरी जम्मा रु.६७.३१ लाख कर मार्फत राज्यको समृद्धिमा योगदान पर्याएको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK