काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत असोज ६ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतिकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, दैनिक जिवनमा गरिने बचत व्यवहार, कर्जा सम्बन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैंकिङको महत्व, अवसर र चुनौतीका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै एसपी आचार्यले दैनिक जिवनमा बचत गनुपर्ने थाहा भएतापनी कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जिवनमा बचतको महत्व बुझेर बचत गर्ने बानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौशला मिलेको बताएका थिए ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्