Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पिउने पानी तथा जुस वितरण

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भदौ २० गते उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र २०८० साल भदौ २१ गते बिराटनगर श्री कृष्ण जन्माष्टमी रथ यात्रामा गएका भक्तजनहरुलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ ।

सो दिन दुवै स्थानमा हजारौ भक्तजनहरुले भगवान श्रीकृष्णको दर्शन गर्ने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र बिराटनगर शाखा कार्यलयहरुले उक्त पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK