Skip to content
LAXMI SUNRISE BANK

‘नाडा अटो शो’ को टिकटिङ पार्टनरमा खल्ती, टिकट काट्दा २० प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । खल्तीले ‘नाडा अटो शो २०२३’ सँग टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । उक्त साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन् ।

भाद्र २६ देखि भाद्र ३१ गते सम्म हुन गइरहेको उक्त एक्स्पोमा विद्यार्थी वर्गले १५० र अरुले २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २० प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सकिने खल्तीले जनाएको छ ।

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन्।

यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरी खल्तीको विभिन्न अफरहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्ने जनाईएको छ ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी नाडा अटो शो २०२३ सँग एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै खुशी छौं । हाम्रो डिजिटल टिकटिङ्ग सुविधाले प्रदर्शनी स्थलमा भिंड कम गरि भ्रमणकर्ताहरूलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सफल बनाउने कुरामा हामी बिश्वस्त छौं साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नकालागि २० ५ क्यास्ब्याक पनि प्रदान गरेका छौं।’

खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा रुपान्तरण भएको छ।

सम्पुर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK