काठमाडौं । लायन्स क्लबको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको तारकेश्वर, टोखा, बुढानिलकण्ठ र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको हो । उक्त हाजिरीजवाफ कार्यक्रमको लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गरेको हो भने तार्केश्वर डाउन टाउन सहित अन्य २० क्लब कार्यक्रमको सह–आयोजक रहेका थिए ।
प्रतियोगिता सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रम आयोजना गरिएको थियो । तार्केश्वर नगरपालिका ६ नम्बर वडाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरी महर्जनले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता उत्कृष्ट भएको बताएका छन् । बिजेता विद्यालय र विद्यार्थीहरुलाई बधाई दिँदै नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षालाई बिशेष प्राथमिकतामा राखेर काम गरेको बताए । लायन्सले गरेको हाजिरीजवाफ प्रतियोगिता अनुकरणीय सामाजिक कार्य भएको भन्दै आगामी दिनमासमेत नगरपालिका र लायन्सले सँगै काम गर्ने बताएका छन् ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सृजनात्मक कार्य रहेको बताएका छन् । उनले टोखा नगरपालिकाले सामाजिक रुपान्तरण कार्यक्रममा लायन्स क्लबलाई सदैव सहयोग र साथ दिने बताएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर अभिवृद्धिका लागी लायन्स कलबले आयोजना गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको नगरप्रमुख अधिकारीको भनाई रहेको छ ।

प्रतियोगितामा प्रथम हुने फुटुङ माविले १ लाख नगद, दोस्रो हुने नौलिङ माविले ५० हजार नगद र तेस्रो हुने मनमैजु माविले २५ हजार नगद सहित प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन् ।
कार्यक्रममा लायन्स क्लब ३२५ यचका गभर्नर सम्भु बहादुर थापा, पि.एम.सि.सि. पंकज प्रधान, सुबोध फाउन्डेसनका अध्यक्ष प्रमोद तिमल्सिना, ग्यात लिडर खगेन्द्र सिटौला, फर्स्ट भिडीजी, सेकेण्ड भिडीजी, पिडीजी, क्याबिनेट सेक्रेटरी लगायत लायन्स लिडरहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सभापतित्व हाजिरीजवाफ प्रतियोगिताका संयोजक रामकृष्ण बिसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन आइपिडिजी दिनेश प्रसाद श्रेष्ठले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्