काठमाडौँ । स्याउबाट बनेको ‘मनाङ भ्याली वाइन’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालकै सबैभन्दा अग्लो ठाउँबाट किसानहरुद्धारा उत्पादित मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको हो । नेपाली कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो ।
मनाङ भ्याली वाइन अहिले काठमाडौँ उपत्यकामा मात्र लन्च हुने भएको छ । उक्त वाइन अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो । मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भने’ ‘हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरुबाट तयार गरिएको मनाङ भ्याली वाइन उपत्यकामा लन्च गर्न पाउँदा उनीहरु निकै उत्साहित छन् ।’
यस्तै, विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरुले मनाङ भ्याली वाइनको स्वाद पनि उतिकै मन पराइदिन्छन् भन्ने आशा डाइरेक्टर रंजितकारले व्यक्त गरेका छन् । पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई मनाङ भ्याली वाइनले एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास कम्पनीको छ ।
उक्त वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरुको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको उदाहरण दिएको पनि डाइरेक्टर रंजितकारले बताएका छन् । त्यस्तै स्वस्तिमा खड्काले पनि मनाङ भ्याली वाइनको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुने कुरा बताएकी छिन् ।
कम्पनीका अनुसार मनाङ भ्याली वाइन ह्वाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध रहेको छ । साथै, विदेशी वाइनहरुले प्रभुत्व जमाउदै गरेको अहिलेको अवस्थामा मनाङ भ्याली वाइनले नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्