×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँड, ६२ हजार १ सय १९ जनाले पाए सेयर

PRIME CA

मिड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँड, ६२ हजार १ सय १९ जनाले पाए सेयर

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

निष्काशनको समयमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट १३ लाख ८१ हजार ५ सय ७५ जना आवेदकहरुबाट १ करोड ५४ लाख २९ हजार ६०० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये ९५ हजार १ सय ९५ जना आवेदकहरुबाट १३ लाख ७३ हजार ३ सय ९० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् १२ लाख ८६ हजार ३ सय ८० जना आवेदकहरुबाट १ करोड ४० लाख ५६ हजार २१० कित्ता सेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

साथै, सेयर खरिदका लागि रितपूर्वक नदेखिएका आवेदनहरुलाई रद्द गरी रितपूर्वक प्राप्त १२ लाख ८२ हजार ८ सय १९ जना आवेदकहरुबाट १ करोड ४० लाख ५ हजार ३१० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरुलाई गोलाप्रर्था मार्फत १० कित्ता देखि ६ हजार कित्ता सेयर खरिद आवेदन गर्ने ६२ हजार १ सय १७ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता सेयरको दरले ६ लाख २१ हजार १७० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २ कित्ता सेयर २० कित्तादेखि ६ हजार कित्ता सेयर आवेदन गर्ने आवेदकहरु मध्ये सेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रर्थाको माध्यमबाट थप २ कित्ता सेयर २ जना आवेदकलाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: