×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता सम्पन्न

Artha Sarokar

२ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकहरुले पाउनेछन् ।

उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्नेछन् । नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात १ सय रुपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आइपीएस रजिष्ट्रेशन, निःशुल्क मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउन सक्नेछन् ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध छन् । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी