×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा पोखराको चिप्लेढुङ्गामा संचालन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा पोखराको चिप्लेढुङ्गामा संचालन

Artha Sarokar

५ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा, पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्धघाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका संस्थापक शेयरधनी नविन ढकालले संयुक्त रुपमा गरेका थिए ।

उद्धघाटन समारोहमा गण्डकी प्रदेश प्रमुख रिसीराम ढकाल, सहायक प्रदेश प्रमुख शंकर के.सी तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा प्रबन्धकहरुका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त शाखाको संचालनसंगै चिप्लेढुङ्गा, पोखरामा आउने ग्राहकहरुको लागि आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरणमा २५ प्रतिशत छुट र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको क्यापिटलले जनाएको छ । सो योजना क्यापिटलको नयाँ शाखा, चिप्लेढुङ्गाका ग्राहकवर्गहरुको लागि सिमित अवधिको लागि मात्र रहने जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी