×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नमस्ते पे’ मार्फत केवाईसी दर्ता गर्ने ग्राहकले ५० रुपैयाँ पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘नमस्ते पे’ मार्फत केवाईसी दर्ता गर्ने ग्राहकले ५० रुपैयाँ पाउने

Artha Sarokar

३ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘नमस्ते पे’ मार्फत केवाईसी दर्ता गर्ने ग्राहकले ५० रुपैयाँ पाउने भएका छन् । नमस्ते पेले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको हो ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० प्राप्त गर्नेछन् । यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ २०८० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्ने जनाईएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी