काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवं सर्वसाधारणहरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उदेश्यले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरेकी हुन् ।
मोबाईल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले शुरु गरेको यस स्मार्ट मोवाईल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्बन्धी सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरेकी थिइन् ।
यसैगरी, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोवाईल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताएका थिए ।
स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदै एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराएका थिए ।
त्यसैगरी, कम्पनीका बीमितहरुले एप मार्फत बीमा शुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमा शुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्ने लगायतका धेरै विशेषताहरु एपमा रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले एपको माध्यमबाट सहज रुपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रबर्द्धनमा अझ बढि सहयोग मिल्ने धारण राखेका थिए । कार्यक्रममा, देशैभरी रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुखहरु र बरिष्ठ अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्