काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरुले निःशुल्क फोन गरी मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्ने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य सुरु गरेको छ ।
हालै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।
आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।’
कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरुलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको हो । ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरुका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्छ र अमुल्य जीवनहरु बचाउन योगदान पुर्याउने छ,’ मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले भने ।
जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैलाई हानि पुर्याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरु देखिएमा तत्काल यस हटलाइनमा फोन गरी तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरि त्यस्ता सोचहरुबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्तपालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्