×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलद्वारा १८औं वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजना सार्वजनिक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेलद्वारा १८औं वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजना सार्वजनिक

Artha Sarokar

२ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजना सार्वजनिक गरेको छ । एनसेलले आइतबार ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ ल्याएको घोषणा गरेको हो ।

एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्नेछन् । त्यस्तै, ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

उक्त योजनामा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउने छन् । आइतबारदेखि नै ग्राहकहरूले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजका रुपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेको कम्पनीले जनाएको छ ।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकहरूले सजिलै एष्ट्रिक्स१७११७ह्यास डायल गर्नु पर्नेछ । यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन् । ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाको लागि मान्य रहने जनाईएको छ ।

२८ दिनसम्म संचालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरुप रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा, सात जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारको रूपमा एक-एक वटा स्कुटर जित्नेछन् ।

साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्ने छ । सहभागी हुन चाहने ग्राहकले एनसेलका बारेमा एउटा नारा पनि एनसेल एप वा वेबसाइटमा पठाउनु पर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी