×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न

Artha Sarokar

४ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरु लगायत अन्य कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरुका पसल-पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।

‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाली आम उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्रा विक्रेताका पसलहरुमा भ्रमण गरेका थिए । भ्रमणका दौरान ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिईएको थियो ।

‘ग्राहकप्रतिको हाम्रो प्रतिबद्धताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ । ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौं र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरु केही भए त्यस बारे बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ । त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । ‘बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरु परिपुर्ति गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ । त्यसैले हामी सबैले वार्षिकोत्सव मनाउँदै बजार केन्द्रित बन्ने अभियानमा सहभागी भयौं । बजार–केन्द्रित मानसिकता हामी सबैमा रहन आवश्यक छ । हाम्रा ग्राहकहरूसँग यसरी भेट्ने क्रमलाई हामी निरन्तरता दिने छौं ।’

बजार भ्रमणका बेलामा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्त अधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ–आफ्नो तोकिएका क्षेत्रहरुमा गरि देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढि खुद्रा बिक्रेताहरुका पसल.पसलमा पुगेका थिए । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रतक्ष्य अन्तरक्रिया गरि मायाको चिनो समेत वितरण गरेका थिए ।

‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने एनसेलले जनाएको छ । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी