×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्धघाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्धघाटन

Artha Sarokar

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रबर्द्धन महिलाहरुमा उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको उद्धघाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका हुन् ।
उद्धघाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरुको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको विकास तथा सामाजिक, संस्कृतिक तथा आर्थिक क्रियाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरेका थिए ।  त्यस्तै, महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउँदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाइ धन्यबाद व्यक्त गरेका थिए ।
अवसरमा गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।
नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको र उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी