काठमाडौं । एनआईसी एशिया बैंकको २६औं वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर क्लबमा हुने भएको हो ।
बैंकको २६औं वार्षिक साधारणसभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।
साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (रू.३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू.१७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने भएको छ ।
त्यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।