×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना

Artha Sarokar

८ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं।  एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन् ।

द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन् ।
लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित छ ।

उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय काम गरेका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको वृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

त्यस्तै, ढुंगानाले बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । उनको नेतृत्व र वित्तीय कुशलताले उनको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको थियो । साथै उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गरेका थिए ।

ढुंगानाको जेनेरल म्यानेजरमा नियुक्ति हुनुले उनको असाधारण योगदान, नेतृत्व र वित्तीय उद्योगमा उत्कृष्टताप्रतिको प्रतिबद्धता झल्काउछ । उनले यस नयाँ भूमिका सम्हाल्दै गर्दा एनआइएमबी एस क्यापिटल लिमिटेड उनको बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउने कुरामा विश्वस्त छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी