Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक पाइने

अर्थ सरोकार

काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ ।

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (POS) मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK