×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

Artha Sarokar

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री-वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ । उक्त सहकार्य सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजिएम नबराज कोइराला र प्रभु बैंकका तर्फबाट सिबिओ रेनु प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने भएको छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिने जनाईएको छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी