काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवा अन्तर्गत होस्ते हैंसेसंगको सम्झौता नविकरण गरेको छ । उक्त सम्झौता अनुसार बालबालिकाहरुको लागि प्रभु little champs नामक लगानी व्यवस्थापन सेवा (PMS) लिए बापत १ जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाई छ ।
‘छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारा सहित संचालन गरिएको यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो ।
‘Prabhu Little Champs’ नामक लगानी व्यवस्थापन सेवा आफ्नो बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि संचालन गरिएको PMS सेवा हो । यस PMS सेवाको लगानी अवधि ५ वर्ष, हर्डल रेटः ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी): २ प्रतिशत, मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत रहेको छ भने नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात र गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्ने लगायत यस योजनाका मुख्य विशेष्ता हुन् ।
क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्