काठमाडौं । मोजाभित्र कागज पोको पारेर भकुण्डो बनाई खेलेर हुर्किएकाहरुले यो देशमा कहिलेकाहीं सपना देख्न पनि हजारबार सोच्नुपर्दोरहेछ । खुट्टामा सुन लाउने काठमाडौँले कहाँ बुझ्छ र, बेलामा नुनसम्म नपुग्ने बिकट भूगोलको कथा । गाउँघरमा स्कुल छैनन्, भएका स्कुलमा शिक्षक छैनन्, शिक्षक भए समयमा किताब पुग्दैन ।
रातारात पार्टीका प्रचार छाप्न सक्ने काठमाडौँले कहाँ बुझ्छ र पढाई सकिंदा पनि किताब नपुग्ने मेरो गाउँको कथा । जुम्लामा जन्मिएका राजेश खत्रीका पनि यस्ता असिमित भोगाईहरु छन्, समयमा किताब नपाउनुका पीडाका भोगिएका अनेक अध्याय साक्षी छन् ।
आज राजेश खत्रीको परिचय फगत एउटा जुम्लेली केटो होइन, बरु उ जुम्लाबाट संघर्ष गर्न हिंडेर, आफ्नो सपना पूरा गरेर फर्केको चार्टड एकाउन्टेन्ट हो । थाहै नपाई ऋणको जमानी बस्ने गाउँमा हुर्किएर आज देशले चिनेको बैंकमा सबैले चिनेको पात्र हो उ । उ आज धेरैका लागि प्रेरणा हो, जसले सबैले गाह्रो छ, सकिन्न होला भन्ने विषय पास गरेर देश फर्केको छ । आज उ धेरैका लागि एउटा ज्वलन्त मधुरदीप हो, जो आँटे सकिन्छ भन्ने तथ्यको प्रमाणित पात्र हो ।
जुम्लामा सरकारी स्कुल पढेर काठमाडौँ झरेको ठिटो कसरी बन्यो चार्टड एकाउन्टेन्ट ? सहकर्मी सुरज प्याकुरेलले उनै राजेश खत्रीसँग गरेको खास संवाद भिडियोमो हेर्नुहोस्ः