Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता, कर्मचारीहरुलाई सर्टिफिकेशन कोर्षको बैंकिङ तालिम प्रदान गर्ने

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी  सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता भएपश्चात चालु आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई JANBI, CANBI, Moody’s लगायतको सर्टिफिकेशन कोर्षको बैंकिङ तालिम प्रदान गर्ने भएको छ ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि भई जोखिम न्यूनिकरण हुने बताएका थिए ।
त्यस्तै, इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि हुने बताएका थिए । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्दै बैंकले कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान  गर्ने बताएकी थिइन् ।
उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पध्मा लक्ष्मी जि.सी., नेशनल बैंकिङ इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, संझना दाहाल लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेस ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK