Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन भएको छ । सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ०६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्धघाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहकाबीच शिलापत्र अनावरण गरी गरेका थिए ।

उक्त समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री सरोजकुमार यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गर्ने बताउँदै बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताएका थिए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बैंकको कर्जाको व्याजदर सबैभन्दा कम रहेको बताउँदै व्यवसायीहरुलाई राष्ट्रिय वाणिज्य बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गरेका थिए । उनले विपन्नवर्गको सशक्तिकरणका लागि विना धितो कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताएका थिए । उनले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताएका थिए ।

कार्यक्रममा संघीय सांसदहरु रामशंकर यादब, गंगाप्रसाद यादब तथा प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, QR Code सेवा, POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK