काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीनको नक्साको विषय जनताले थाहा पाउने गरी उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव दिएका हुन् ।
अमेरिका र चीन भ्रमणमा जानुपुर्व प्रधानमन्त्रीहरुले पुर्वप्रधानमन्त्री, पुर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए । सातबुँदे लिखित सुझाव दिँदै रास्वपा नेता डोलप्रसाद अर्यालले भने, ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौं ।’
नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ ।
दलहरुले आसन्न चीन भ्रमणमा यसलाई एजेन्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्