×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, एडभाइजर ग्रुप, नियामक निकाय, शेयरधनी, कर्मचारी, सरोकारवाला एवं शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।

हाल सम्मको उपलब्धीवाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको र भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डर्स वाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा गरेको कम्पनीले जनाएको  छ । कम्पनीले आगामी दिनमा सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोवार गर्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

उक्त अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर-सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्य।लयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लास रुपमा मनाएको छ ।

सो कार्यमा कर्मचारी एवं बीमा अभिकर्ताहरुको सकृय सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी