×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच अटो लोन सम्झौता पत्रमा हस्ताक्षर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच अटो लोन सम्झौता पत्रमा हस्ताक्षर

Artha Sarokar

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ ।

सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंक मार्फत सहुलियत दरमा फाईनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुने जनाईएको छ ।

साथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाईनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल लगायतका लाभ पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी