Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता, ग्राहकहरुलाई २० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।

बैंकका ग्राहक महानुभाव तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK