Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता, ग्राहकहरुलाई विषेश छुट

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा असोज ९ गते हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानले हस्ताक्षर गरेका हुन् ।

सेल्सबेरीले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा सेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै ; किराना पसलहरु २ प्रतिशत, रक्सी २ देखी १० प्रतिशत, फ्रोजन फुड्समा ३ देखी ५ प्रतिशत, डेरी र फ्रेस प्रडक्टमा २ प्रतिशत, प्रशनल केअरमा ३ प्रतिशत, घरायसी सामग्रीहरु ५ प्रतिशत देखी १२ प्रतिशत र गारमेन्ट २० देखी २५ प्रतिशत छुट प्रदान गरिएको छ । सम्झौताबाट बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने बैंकको विश्वास छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK