×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ३९.४८ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ४९ करोडमाथिको कारोबार हुँदा नेप्से २००७.०६ बिन्दुमा

PRIME CA
GLOBAL IME BANK

बुधबार ३९.४८ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व ४९ करोडमाथिको कारोबार हुँदा नेप्से २००७.०६ बिन्दुमा

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २७५ कम्पनीको ५१ लाख ४४ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा बरुण हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा शुवम पावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था, अरुण काबेली पावर, अपी पावर कम्पनी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः


यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको  ७ करोड ९३ लाख २५ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, एभरेस्ट बैंक, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स र लक्ष्मी सनराइज बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । थ्री स्टार हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-२, स्वाभिमान लघुवित्त वित्तिय संस्था, १०.२५% नेपाल एसबीआइ बैंक डेबेञ्चर २०८३ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: