×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ एपबाट कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर २०८०, भाद्र १५ गते देखि असोज १४ गतेसम्म लागु हुने जनाईएको छ । मोबाइल बैंकिङ एपमा उपलब्ध कनेक्ट आइपीएस लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने जनाईएको छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरी, सेण्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्ने हुन्छ ।मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ ।

त्यस्तै, कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैंकिङमा रहेको कनेक्ट आइपीएसमार्फत प्रति दिन रु. ३ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म NPS अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फर्छयौट भइसकेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका छन् र बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी