काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपकारण तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
त्यस्तै, विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण लगायत खेलकुद प्रतियोगीता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजार आसपासका स्थानिय वासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैंक वित्तीय संस्था एवं संघ संस्थाका प्रतिनीधिहरु लगायत बैंकका संचालक समितिका अध्यक्ष, संचालक, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त खुला रक्तदान कार्यक्रममा करिब १०० दाताहरुले रक्तदान गरेका थिए ।
बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैंकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्