Skip to content
LAXMI SUNRISE BANK

स्टार हस्पिटलले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । स्टार हस्पिटल लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । हस्पिटलले आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्पिटलले ४० करोड सेयर पूँजी बराबरको १०० रुपैयाँ अँकित दरको ४० लाख कित्ता सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयर सहित ८५ करोड चुक्ता पूँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK