काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुँजी बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले बिटा एनालिटिक्स प्रा. लि.को सहकार्यमा पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न उक्त कार्यक्रमको आयोजना गरेको हो ।
भदौ २४ गते देखि २७ गते सम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६), र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरेको क्यापिटलले जनाएको छ । सो कार्यक्रमहरुबाट नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको क्यापिटलले दावी गरेको छ ।
भदौ २४ गते धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए कलेज) र भदौ २५ गते ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो । जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका विद्यार्थीहरु सो कार्यक्रमबाट लाभान्वित भएका थिए । यस्ता कार्यक्रमहरुले विद्यार्थी वर्गहरुलाई पूँजी बजारको शुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाहरूमा बलियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने कम्पनीको ठम्याई रहेको छ ।

त्यस्तै, सनराइज क्यापिटलको पुँजी बजार लगानी सचेतना कार्यक्रम भदौ २६ गते प्रदेश ५ नेपालगञ्ज स्थित बाँके बागेश्वरी क्याम्पसका गैर-व्यावसायिक, तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका विद्यार्थीहरुलाई पुँजी बजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा शिप सशक्तिकरण गर्ने उद्धेश्यले आयोजना गरेको थियो ।

साथै, भदौ २७ गते कर्णाली प्रदेश ६, सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिएका थिए । सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरेका थिए ।

यस किसिमको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराईज क्यापिटल सदा अग्रसर रहेको सनराईज क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख बिजय लाल श्रेष्ठले बताएका थिए । सो अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए, जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्