काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो सेल्स कन्भेन्सन सम्पन्न भएको छ । देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा कन्भेन्सन भव्यताका साथ सम्पन्न भएको हो ।
कर्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
दोश्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरु थप उत्साहित रहेको कुरा सहभागीहरुले जानकारी गराएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनीले हरेक सुचकहरुमा उलेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समय सापेक्ष उत्कृष्ट योजना र नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफु ढुक्क रहेको बताएका थिए ।
त्यस्तै, सञ्चालक विवेक झाले कम्पनीसँग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरुको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरुमा सूर्यज्योतिनै अब्बल हुने कुरामा आफुले दृढ विश्वास लिएको जानकारी गराएका थिए ।
साथै सञ्चालक नन्द किशोर शर्माले कम्पनीको वृहत्तर हीत र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको जानकारी गराएका थिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुका साथै व्यापार विस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिमहरुको सुक्ष्म पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र बीमा प्राधिकरणबाट जारी भएका सम्पुर्ण नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्