काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा असोज ३० गते गर्ने भएको छ । बैंकले उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने भएको हो ।
बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सो सभा बिहान ११ बजे शुरु हुने बैंकले जानकारी दिएको छ ।
त्यस्तै, बैंकले आर्थिक वर्ष २०७९-८०को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गर्ने बैंकले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्ने बैंकले जानकारी दिएको छ ।
उक्त सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गरेको थियो । त्यसकारण असोज १५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन तथा बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्