×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री डा. महत र अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

PRIME CA

अर्थमन्त्री डा. महत र अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा. महत र अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा डा. महत र आएएफसिका उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल भएको हो ।

त्यस्तै, मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम आइएफसिका क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । सो बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको थियो ।

उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न तथा वित्तिय उपकरणहरू विशेष इक्विटी एक्सपोजरमा विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको हो ।

अर्थमन्त्री डा.महतले नविनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तिय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिएका थिए । साथै, विदेशी विनिमय जोखिमको कारणले आइएफसि मार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्युनिकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो निजी क्षेत्र विन्डोलाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताएका छन् ।

त्यस्तै, बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता डा.महतले जनाएका छन् । साथै, स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराएका थिए ।

अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता तथा क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरेका छन् । आइएफसिका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरेका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र मार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सो अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्धिपक्षीय हितका विषयमा वार्ता सम्पन्न भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: