×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्स र आयाम इन्टरकन्टिनेटल प्रा.लि बीच सम्झौता, ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्ने

PRIME CA

रिलायन्स फाइनान्स र आयाम इन्टरकन्टिनेटल प्रा.लि बीच सम्झौता, ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्ने

२१ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेड र आयाम इन्टरकन्टिनेटल प्रा.लि बीच सम्झौता भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारी साधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको हो ।

आयाम इन्टरकन्टिनेटल प्रा.लिका तर्फबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा.लि को सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारी साधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

सो कम्पनीले सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ उक्त सम्झौता गरेको हो । साथै, देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने कमपनीले जनाएको छ ।

त्यस्तै, फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुका लागि दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे हो । साथै, कम्पनीको अनुसार बैंकमा ग्राहकहरुले तिर्नुपर्ने व्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मत सम्हार खर्च र बिमा फ्री लगायतका अफरहरु सार्वजनिक गरेकोे छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: