×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतको जोड

PRIME CA

विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतको जोड

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न भएको छ । उक्त वार्षिक बैठकमा नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतले जोड दिएका छन् ।

सो अवसरमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश विम्पी सपुत्रा तथा याती कुर्निआतीले गरेका प्रस्तुतिहरुमा प्रतिकृया दिँदै नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा.प्रकाश शरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्न योग्य बनाउनु पर्ने विश्व बैंकको थिमलाई समर्थन जनाएका थिए । साथै, जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार  महतले व्यक्त गरेका हुन् ।त्यस्तै, अर्थमन्त्री महतले विश्व बैंकले तयार गरेको प्लेबुकमा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने कुरामा जोड दिएका थिए । उनले निजी क्षेत्रसँग सम्बन्धित उपकरणहरु समेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउने तथा व्यालेन्सिट अप्टिमाईजेसन मार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने आइडीएमा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनु पर्ने चासोको सम्बोधन हुन सक्ने विचार बैठकमा गरेका थिए ।

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिकृया दिँदै अर्थमन्त्री डा.महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार हुनुपर्ने विचार समेत सशक्त रुपमा प्रस्तुत गरेका थिए । साथै, महतले राखेको विचारको सराहना गर्दै कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउने तर्फ काम शुरु भैसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने जवाफ दिएका हुन् ।

अर्थमन्त्री महतको कोरियाका उपप्रधानमन्त्री तथा युरोपियन युनियनका कमिस्नरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट हुने कार्यक्रममा तय भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: